जनयुद्ध दिवसमा मर्स्र्याङ्दी गाउँपालिकामा अन्तरक्रिया कार्यक्रमको आयोजना

लमजुङ फागुन १ गते ।
यस्तै मर्स्र्याङ्दी गाउँपालिका पार्टी संयन्त्रको आयोजनामा २४ औं जनयुद्ध दिवसको अवसरमा जनयुद्धका सकारात्मक प्रभाव र गणतन्त्र कार्यन्वायनमा अवसर र चुनौति विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

अन्तरक्रिया कार्यक्रम पार्टी संयन्त्र सदस्य नन्दाराम बि.क को अध्यक्षतामा भएको कार्यक्रममा पार्टी संयन्त्र सदस्य तथा गा.पा. उपाध्यक्ष होम बहादुर बि.क.ले २४ औं जनयुद्ध दिवस,जनयुद्धका सकारात्मक प्रभाव,गणतन्त्रको अवसर र चुनौति विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथी पार्टीका गण्डकी प्रदेश कमिटी सदस्य तथा संविधान सभा सदस्य जमिन्द्रमान घले र बुद्धिराम तमुले टिप्पणी गरेका थिए । कार्यक्रममा मन्तव्य राख्दै उनीहरुले नेपालमा जनयुद्ध संचालन नभएको भए गणतन्त्र,संघियता,समाबेशी,सामाजिक न्याय प्राप्त नहुने र आझै पनि श्रमजीवि मजदुर र गरिव विपन्नलाई परिवर्तनको अनुभुति दिलाउन नसकिएको र देशमा दलाल पुँजीबादको अन्त्य गरि राष्ट्रिय पुँजीको बिकास नगरी सामाजवाद नआउने र अव सबै तहका सरकारले समाजवादी कार्यनीतिका साथ नीति कार्यक्रम र बजेट ल्याउन आवश्यक रहेको बताएको थिए । कार्यक्रममा गण्डकी प्रदेश कमिटी सदस्य त्रिपल पी गुरुङ, पार्टी संयन्त्र सदस्य तथा गा.पा. अध्यक्ष अर्जुन गुरुङ, अजय तामाङले शुभाकामना दिएका थिए । कार्यक्रमको संचालन पार्टी संयन्त्र सदस्य कृष्ण बहादुर बि.क.ले गरेका थिए । पार्टी संयन्त्र सदस्य जीत बहादुर गुरुङले गरेका थिए । कार्यक्रममा नेकपाका पालिकाका अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत