हिमालचुली कपको उपाधि खुदीको पोल्टामा


सिर्जना पौडेल ,फागुन १ गते ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका ८ भुलभुलेमा आयोजित हिमालचुली कप २०७५ को उपाधि मस्र्याङ्दी गाउँपालिका ३ स्थित तामाङ समाज खुदी ले हात पारेको छ ।


मंगलबार भएको फाइनल खेलमा तामाङ समाज खुदीले मस्र्याङ्दी गाउँपालिका ५ स्थित लालीगुरास युवा क्लब तल्लो चिप्लालाई १–० ले हराउदै उपाधि हात पारेको हो । बिजयी हुन सफल खुदीले ५० हजार रुपियाँ, शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । दोस्रो हुने तल्लो चिप्लाले ३० हजार रुपियाँ, शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएका आयोजकले जनाएको छ ।
प्रतियोगितामा लालीगुरास युवा क्लब तल्लो चिप्लाका शुसिल गोतामे उत्कृष्ट खेलाडी घोषित भएका छन् । भने सर्वाधिक गोलकर्ताको पुरस्कार सिदार्थ युवा क्लब बुद्धबजारका अर्जुन गुरुङलाई प्रदान गरिएको छ । उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई २ हजार रुपियाँ, ट्रफि र प्रमाणपत्र प्रदान गएिको छ । अर्जुनले प्रतियोगिता भर ९ गोल गरेका थिए ।
प्रतियोगिताका बिजयीलाई प्रदेश सभा सदस्य धनञ्जय दवाडी, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, वडाध्यक्ष हिरादेवी घलेले संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभएको थियो
सोनाम ल्होछारको अवसरमा न्यु हिमालचुली युवा क्लव भुलभुलेले उक्त प्रतियोगिता सञ्चालन गरेको थियो । प्रतियोगितामा विभिन्न स्थानका ५३ टिमको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत