भारतीय महिला पाकेटमारहरु रंगेहात पक्राउ




काठमाडौं ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले सार्वजनिक सवारी साधनमा पाकेटमारी गर्ने पाँच जना भारतीय महिला पाकेटमारहरुलाई रंगेहात पक्राउ गरेको छ ।
वृत्तको टोलीले बसुन्धराबाट नारायणगोपाल चोक जाँदै गरेको कान्तिपुर बसमा पाकेटमारी गर्ने भारत गोरखपुरका प्रीति चमार, नितु चमार, पूजा चमार, पिङ्की चमार र सोनी चमारलाई बिहीबार साँझ पक्राउ परेका हुन् ।
बसमा सवार यात्रु सुस्मिता कुँबरको रु ५२ हजार पाकेटरमारी भएपछि उनले तत्काल प्रहरीलाई खवर गरेको र सोही बसलाई पिछा गरेर गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । बसबाट ओर्लेर एउटा सानो होटलमा छिरेको प्रत्यक्ष दर्शीले बताए पछि सोही होटलमा छामामारी उनीहरुलाई नियन्त्रण लिई खानतलास गर्दा उनीहरु पाकेटमारीमा संलग्न भएको पाइएको वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईंले बताउनु भयो ।
सो बसमा उनीहरु धकेलाधकेल गरी चढेका र सुस्मिता कुँवरको झोलाबाट सहजै पैसा निकालेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दा दर्ता गरी कारवाही अघि बढाइने प्रहरी जनाएको छ ।



यसमा तपाइको मत