बिहीबार संसदमा ठुलै भिडन्त हुने संकेत, काग्रेसले दियो चेतावनी !

काठमाण्डौं । 



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले जबर्जस्ती चिकित्सा शिक्षा विधेयक पारित गर्ने प्रयास गरे आफूहरु सशक्त रुपमा अघि बढ्ने चेतावनी दिएको छ । 


पार्टी कार्यालय सानेपामा बिहिबार पत्रकार सम्मेलन गर्दे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई प्रतिक्षा गरेर निकास निकाल्नुनै अहिलेको उत्तम विकल्प भएको भन्दै जबर्जस्ती विधेयक पारित नगर्न सुझाव पनि दिनुभयो । केदारभक्त माथेमाको संयोजगत्वमा गठन भएको उच्चस्तरीय कार्यदलले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्नुपर्ने , अघिल्लो सरकारले डा. केसीलाई सहमत गराएर जे अध्यादेश गराएको थियो त्यो पास गर्न उहाले सुझाव दिनुभयो ।

त्यस्तै उहाले आफैंले गरेको सम्झौतामा प्रधानमन्त्री ओलीले गरेको सम्झौता पूरा गर्नुपर्ने धारणा राख्नुभयो । कांग्रेस पार्टीले संसदमा उभिएर आप्नो शालीन प्रदर्शन गर्न नपाउने भन्ने नहुने भन्दै उहाले कांग्रेस भोलिको बैठकमा यतिकै नबस्ने पनि बताउनुभयो । 

हिटलरसंग पनि दुई तिहाई बहुमत भएको भन्दै उहाँले सरकारले हिटलरको जस्तो व्यवहार गर्न नहुने बताउनुभयो । त्यस्तै उहाले आफ्ना नेताको नामबाट खोजिएको अस्पतालाई सरकारले बिघटनको स्वरुप दिन नहुने भन्दै यसमा प्रधानमन्त्रीले सकारात्मक भूमिका खेल्नुपर्ने तर्क गर्नुभयो ।

यसमा तपाइको मत