नाइटभिजन हेलिकप्टरमा केसीलाई काठमाण्डौं ल्याइयो ।

नाइटभिजन हेलिकप्टरमा केसीलाई काठमाण्डौं ल्याइयो ।

काठमाण्डौं ।

अनसनका क्रममा स्वास्थ्य अवस्था गम्भीर भएपछि काठमाडौ ल्याईएका डा. गोविन्द केसीको शिक्षण अस्पताल महराजगंजमा उपचार भईरहेको छ ।

शुक्रबार बिहान तीन बजे डा. केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ । उहा अहिले आइसियूमा उपचाररत हुनुहुन्छ ।

विहीबार साँझबाट डाक्टर केसीको मुटुको चाल अस्थिर भएपछि चिकित्सकले कुनै पनि वेला दुर्घटना हुनसक्ने भन्दै तत्काल काठमाडौँ लैजान सुझाव दिएका थिए ।

सोही अनुसार सरकारले राती नै झापाको भद्रपुर सम्म एम्बुलेन्स र त्यसपछि नेपाली सेनाको नाइटभिजन हेलिकप्टरमा काठमाडौँ ल्याएको हो । शिक्षण अस्पतालका कार्यकारी निर्देशन प्राध्यापक डाक्टर प्रेम कृष्ण खडकाले डाक्टर केसीको स्वास्थ्य जाच भएको र केहि औषधी दिन सुरु गरिएको जानकारी दिनुभयो ।

आफूसंग विगतमा गरिएको सम्झौँता कार्यान्व्नय हुनुपर्ने माग राख्दै डा केसी विगत ९ दिन देखि इलाममा अनसनरत हुनुहुन्थ्यो ।

यसमा तपाइको मत