शिक्षाको क्षेत्रमा निजी विद्यालयको योगदान महत्वपुर्ण छ : प्रमुख सचेतक गुरुङ


शान्ता कमली,लमजुङ २४ पुस
नेपाल कम्युनिष्ट पाटी –नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले शिक्षाको क्षेत्रमा निजी विद्यालयको योगदान महत्वपुर्ण भएको बताएका छन् । निजि तथा आवसीय बिद्यालय अर्गनाईजेसन नेपाल व्याब्सन लमजुङले आयोजना गरेको २९ औँ प्याब्सन दिबसलाई सम्बोधन गदै गुरुङले सो कुरा बताएका हुन् ।

उनले निजी विद्यालयले शिक्षाको क्षेत्रमा पुराएको योगदानलाई व्यावसायीमुखी नभई सेवामुखी रुपमा अघि बढाउन आग्रह गरे । उनले भने राज्यले संस्थागत विद्यालयलाई सहयोग गरे निजी विद्यालयको शिक्षाले थप गति लिनेछ । प्याब्सन लमजुङका उपाध्यक्ष ईश्वर पौडेलले स्वागत गरेका कार्यक्रममा प्याब्सन लमजुङले बर्षभरी संचालन गरेको ४७ वटा क्रियाकलापको बिजयीहरुलाई पुरस्कार बितरण गरीएको थियो । त्यस्तै दिवसकै अवसरका शिक्षक,विद्यार्थी र शैक्षिक क्षेत्रमा योगदान पुराएका व्यक्तिलाई समेत सम्मान गरिएको थियो ।

प्याब्सन लमजुङले दिसका अबसरमा आयोजना गरेको नृत्य प्रतीयोगीतामा १८ बिद्यालयले सहभागीता जनाएका थिए । प्रतियोगीतामा भुपु सैनिक आवसिय मावि बेसीशहर प्रथम, सयपत्री आवसिय मावि सुन्दरबजार दोस्रो, बालज्योती आवसीय मावि सुन्दरबजार तेस्रो भएका छन् । विद्यार्थीहरुले नृत्य मार्फत बिभिन्न संस्कृति झल्कने प्रस्तुत गरेका थिए ।
त्यस्तै वर्षभरि सञ्चालन गरिएका विभीन्न अतिरिक्त क्रियाकलापको आधारमा प्रथम द्धितिय र तृतियालाई समेत सम्मान गरिएको छ । जसमा भुपु सैनिक आवसिय मावि बेसीशहर प्रथम, हिमचुली बोडिङ स्कुल मस्र्याङ्दी गाउँपालिका ३ खुदी द्धितिया र हिमाली आवसिय मावि भोर्लेटार तृतिया भएका छन् ।
त्यस्तै दिवसको अवसरमा प्रर्दशन गरिएको विज्ञान प्रर्दशनीमा न्यू ईरा आवसिय मावि बेसीशहर, युर्निभर्सल एकेडेमि बेसीशहर र लालीगुरा इङलिस बोडिङ स्कुल सुन्दरबजार उत्कृष्ट विद्यालय घोषित भएका छन् । प्याव्सन लमजुङका अध्यक्ष मेन घलेको अध्यक्षतमा भएको कार्यक्रममा बेशीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, राईनस नगरपालिकाका प्रमुख सिंह बहादुर थापा , मस्र्याङदी गाँउपालकाका प्रमुख अर्जुन गुरुङ, लमजुङ उद्योग बाणीज्य संघका अध्यक्ष राजेश थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन प्याब्सन लमजुङका सचिब ज्ञानेन्द्र शर्माले गरेका थिए । जिल्ला भर २५ निजि बिद्यालय प्याब्सनमा आबद्ध भएको बताईएको छ ।

यसमा तपाइको मत