संसदमा दिएको अभिव्यक्ति तथ्यमा आधारित छ – प्रधानमन्त्री ओली

नेपाल चेम्बर अफ कमर्सको ६८ औं साधरणसभामाको उद्घाटन गर्दे उहाले संसदमा बोलेको कुरा तथ्यमा आधारित रहेको बताउनुभएको हो । उहाले सरकारले कुनै पनि तथ्याङ्क नबङ्गाउने भन्दै सरकार रेडर्क सहितको नयाँ तथ्याङ्क निर्माणमा लागेको दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आइतवार प्रतिनिधि सभाको बैठकमा चालू आर्थिक वर्षको पाँच महिनाको आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको भन्दै बिभिन्न तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले न्युरोडमा पिँजडामा राखेको सुगाले खाम निकालेर दिए जसरी बोलेको नभइ तथ्यमा आधारित रहेर बोलेको जिकिर गर्नुभयो । उहाले जति विद्युत् निकाल्यौ त्यही भनेको , जति स्कुल बनाएका थियौ त्यही भनेको उल्ल्ेख गर्नुभयो ।

सरकारी निजी र सहकारी क्षेत्र मिलेर नै नेपालको समृद्धि र बिकास हुने उहाले बताउनुभयो । प्रधानमन्त्री ओलीले नीजी बिद्यालयसंग प्रतिष्पर्धा गर्ने गरि सामुदायिक बिद्यालय निर्माण गरिने धारणा पनि राख्नुभयो ।

कार्यक्रममा चेम्वर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योगको बिकास र उत्पादनमा बृद्धि हुन सके मुलुकको समृद्धि र बिकास हुन सक्ने भन्दै सरकारले लगानी मैत्री वातावरण बनाउनुपर्ने बताउनुभयो ।

यसमा तपाइको मत