स्थानियको सहयोगमा लुटेरा पक्राउ


काठमाण्डौं ।
राजधानीको टोखा नगरपालिका फुलवारी टोलका स्थानियले चोरी गर्ने एक जना व्यक्तिलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । गत पुष २२ गते दिउँसो १२ बजे तिर फुलवारी टोलमा रहेको राजु तामाङको घरमा चोरी गरी शंकास्पद रुपमा हिडिरहेको नुवाकोटका ४० बर्षिय मुक्ति अधिकारीलाई स्थानियले नियन्नत्रणमा लिएका थिए । नियन्त्रण पश्चात तत्काल महाराजगंज प्रहरी वृत्त अन्तर्गतका प्रहरीलाई जिम्मा लगाइएका अधिकारीलाई खानतलासी गरीएको थियो । उनको शरिर तलासी गर्दा चोरी गरीएका सुनका गरगहना बरामद भएपछि अधिकारीले चोरी गरेको स्वीकार गरेका थिए ।


पक्राउ परेका अधिकारीको साथबाट नगद २३ हजार ६ सय ५० र रातो व्याग, हरियो पोते, पहेलो धातु, तिलहरी, मंगलसुत्र, औठी र मोवाइल बरामद गरिएको महानगरिय प्रहरी बृक्त महाराजगंजका प्रमुख डिएसपी फडिन्द्र प्रसाईले बताउनु भयो ।


समुदाय प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारी भुमिकाले गर्दा जनता आफैको सक्रियताले अपराधीक गतिविधि गर्ने व्यक्तिहरुलाई पक्राउ गर्न सजिलो र छिटो हुने भएकोले यस घटनामा पनि चोरी गर्ने व्यक्ति तत्काल पक्राउ गर्न सफल भएको डिएसपी प्रसाईले बताउनु भयो ।

यसमा तपाइको मत