प्रवास मा अझै ल्होसार को रौनकता

 युवराज गुरूङ दाेहा ।

कतारकाे दाेहामा रहेका नेपालीले गुरूङ ल्होसार धुमधाम संग मनाएका छन । तमु (गुरुङ) समाज कतारद्वारा शुक्रवार अल समाल गार्डेनमा आयाेजित फाे ल्होसार दाेहामा रहेका सबै जातजाती सहभागि भएका थिए । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका मानार्थ परिषद सदस्य श्री नरेन्द्र भाट ले दिप प्रज्वलन गरि ल्होसार को उद्घाटन गरेका थिए ।

संस्थाका केन्द्रीय अध्यक्ष श्री भाइकाजी गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न बक्ताहरूले ल्होसार को शुभकामना संगै तमु समुदाय ले प्रवास मा पनि आफ्नो सस्कार सस्कृती लाई जिवित राखेको मा बधाइ समेत दिए । केही ठाँउ मा तमु जाती भित्र देखिएको मतभेद लाई ल्होसार ले अझै समेटेर लैजान सहयोग पुराउने बक्ता हरु को तर्क थियो ।ल्होसार गुरूङकाे चाड भन्ने गरिए पनि दाेहामा रहेका नेपालीले नेपालकाे राष्ट्रिय चाडकै रूपमा मनाए । आपसमा खुसी साटासाट गरे । तमु संस्कार संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य लिई तमु (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमु सांस्कृतिक परिवारका कलाकार का प्रस्तुती,मौलिक जातिय झाकी परम्परागत वाजा मा सजिसजाउ कार्यक्रम स्थल ले स्वदेश को झल्को दिलाएको थियो । साथमा तमुहरुको परम्परागत छेलो प्रतियोगिता र रमाइलो रसी तान्ने खेलहरुले कार्यक्रम रौनकता बढाएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नरेन्द्र भाट ज्युलाई (क्रेगी) फेटाले संस्थागत सम्मान गरिएको थियो भने फो ल्होसारको शुभ अवसरमा तमु प्ये ल्हु संघ शाखा कतारका महिला विभागका चेलीबेटीहरु द्वारा संस्थाका अध्यक्ष भाइकाजी गुरुङ र प्रमुख संरक्षक बिल बहादुर गुरुङलाई (क्रेगी) फेटाले सम्मान गरिएको थियो।लमजुङका चन्द्र गुरूङ बने तमु राजा लमजुङका चन्द्र गुरूङ तमु राजा (म्रु) घाेषित भएका छन । ल्होसार मा आयाेजित छेलाे प्रतियाेगिताकाे उपाधि जित्दै उनी राजा घाेषित भएका हुन् । छेलाेमा लमजुङकै हर्क गुरुङ द्वितीय भए । दुबै जनालाइ प्रमाणपत्र, ट्रफी र नगद पुरस्कारले सम्मानित गरिएको थियो।कार्यक्रममा खी ल्हो (कुकुर बर्ग) लाई बिदाई तथा फो ल्हो (मृग बर्ग) लाई स्वागत गर्दै दुबै बर्गका दाजुभाइ तथा दिदिबहिनीहरुलाई पच्यु चिब तथा प्ये ताँ ल्हु ताँ समितिका अध्यक्ष निल गुरुङ ज्युले तमुहरुको परम्परागत रुप (रिप) स्याई स्याई गरेका थिए । कार्यक्रममा भाग्यशाली चिठ्ठा पनि खेलाइएकाे थियाे । साे चिठ्ठाकाे पहिलाे पुरस्कार दिलिप मगरले जिते । उनले दश ग्राम सुन पाए । यस्तै बिकास गुरूङले दाेस्राे पुरस्कार ल्यापटप पाए । तेस्राे पुरस्कार एलइडी टेलिभिजन पदम थापाले पाए । अन्य पाँच जनाले सान्तवना पुरस्कार पाएका थिए ।

यसमा तपाइको मत