कान्ति बाल अस्पताल सफाई गर्दै डिएसपी प्रसाई


काठमाण्डौं ।
आफ्नो काम कर्तव्य सहित सामाजिक कार्यमा पनि महानगरीय प्रहरी बृक्त महाराजगंजको सक्रियता निकै बढेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाएको वृक्तले यसको अलावा सार्वजनिक सम्पतिको सुरक्षा र सरसफाईमा पनि सक्रिय भूमिका खेल्दै आएको छ ।


गत शनिवार महाराजगंज स्थित कान्ति बाल अस्पताल परिसर प्रहरी बृक्त महाराजगंजको सक्रियतामा सरसफाई गरिएको छ । अस्पताल पवित्र ठाँउ भएकोले सधै सफा, सुग्घर राख्नु सबैको दायित्व भएकोले सरसफाई कार्य गरिएको महानगरिय प्रहरी वृतm महाराजगंजका डिएसपी फडिन्द्र प्रसाईले बताउनु भयो ।


समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आफ्नो एरियामा पर्ने सार्वजनिक अस्पताल, मठमन्दिर लगायतका स्थानको संरक्षण र सरसफाईमा निरन्तरता दिने वृत्त प्रमुख प्रसाईले बताउनु भयो ।


सरसफाई कार्यक्रममा कान्ति बाल अस्पतालका डाइरेक्टर गणेश राई, अस्पतालका अन्य कर्मचारी, वृक्तका थुप्रै प्रहरीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत