लमजुङ जेसिज वर्ष २०१९ को अध्यक्षमा पायल शर्मा सर्वसम्मत चयन


अनुज अधिकारी, लमजुङ पौष ७ गते ।
लमजुङ जेसिज वर्ष २०१९ को अध्यक्षमा पायल शर्मा सर्वसम्मत चयन हुनुभएको छ । लमजुङ जेसिजको बिहिबार संपन्न ९ औँ वार्षिक साधारण सभा तथा ८ औँ शाखा अधिबेसनले पायल शर्मालाई सर्वसम्मत अध्यक्षामा चयन गरेको हो । बिहिबार संपन्न अधिबेसनले पायल शर्माको नेतृत्वमा ७ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । बाँकी रहेको पदलाई नयाँ कार्यसमितिको पहिलो बैठकले निर्णय गरी मनोनीत गर्ने निर्वाचन सयोजक एवं लमजुङ जेसिजका पुर्व अध्यक्ष सुरेश प्रधानाले जानकारी दिनुभयो ।
नयाँ कार्यसमितिको कार्यकारीणि उपाध्यक्षमा रहमतदिन मियाँ,विकास श्रेष्ठ,महासचिबमा दिपेश अधिकारी,कानुनी सल्लाहाकारमा सरोज विश्वकर्मा,उपाध्यक्षमा देबेन्द्र गुरुङ र प्रेम गुरुङ सर्वसम्मत चयन हुनभएको छ । लमजुङ जेसिज वर्ष २०१८ का अध्यक्ष अनुज अधिकारीको अध्यक्षतामा संपन्न बार्षिक साधारण सभामा महाासचिब विकास श्रेष्ठले बार्षिक प्रगती प्रतिबेदन र कोषाध्यक्ष शुसिल विलिन ले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । बार्षिक साधारण सभामा बोल्दै लमजुङ जेसिजका पुर्व अध्यक्ष एवं नेपाल जेसिज बर्ष २०१५ का राष्ट्रिय उपाध्यक्ष राजु अर्यालले जेसिज सिक्ने र सिकाउने एउटा विश्वविद्यालय भएको बताउनुभयो । पुर्व अध्यक्ष सुरेश प्रधानले जेसिजले यूवाहरुलाई नेतृत्व विकास र व्यक्तित्व विकास गर्र्न महत्वपुर्ण भमीका खेल्ने बताउनुभयो ।
लमजुङ जेसिजका अध्यक्ष अनुज अधिकारीले आफ्नो कार्यकालमा विगतको भन्दा केहि उत्कृष्ट काम गर्न सफल भएको दावा गर्नुभयो । उहाँले जिल्ला सँगै बाहिरि छिमेकी साखाहरु र नेपाल जेसिज संग को सम्बन्ध विस्तार गर्दै लमजुङ जेसिजको जेसिज अभियानलाई थप उचाईमा लैजान आफ्नो कार्यकाल सफल रहेको बताउनुभयो । नवनिर्वाचित अध्यक्ष पायल शर्माले बर्ष २०१८ मा सुरुवात भएका महत्वपुर्ण कार्यहरुलाई वर्ष २०१९ मा पनि निरन्तरता दिँदै सवै सँगको सहकार्य समन्वयमा थप सिर्जनशिल र रचनात्मक कार्यक्रमहरु गर्दै साखालाई थप उचाईमा पुराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत