जनविकास मावि चण्डिडाँडामा आत्मरक्षा संवन्धि १ दिने प्रशिक्षण


अनुज अधिकारी,मंसिर २५ बेसीशहर लमजुङ ।
जनविकास माध्यामिक विद्यालय चण्डिडाँडामा महिला हिंसा सम्वन्धि एक दिने आत्मरक्षा संवन्धि प्रशिक्षण गरीएको छ । जनविकास विकास माध्यामिक विद्यालयको कक्षा ८,९ र १० मा अध्ययनरत छात्राहरुलाई आत्मरक्षा संवन्धि प्रशीक्षण गराइएको हो ।
कार्यक्रम मस्र्याङदी डोजो भोटेओडारले आयोजना गरेको हो । पछिल्लो समयमा किशोरीहरु असुरक्षित हुँदै गएको अवस्थामा कसरी सुरक्षीत गराउन सकिन्छ र त्यस्तो अबस्थामा कसरी सुरक्षीत रहने भन्ने विषयमा प्रशिक्षण गराइएको मस्र्याङदी डोजोका प्रमुख प्रेम गुरुङले बताउनुभयो । आवाज ः प्रेम गुरुङ
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनको दिन पारेर आयोजना गरीएको किशोरीहरुलाई समस्या परेको बेला त्यसको प्रतिबाद कसरी गर्ने र कसरी सुरक्षीत रहने भन्ने बिषयमा ७ देखि ८ चरण सम्मको कराँतेको प्रशिक्षण गराइएको थियो । मस्र्याङदी डोजोले संचालन गरेको आत्मरक्षा संवन्धि प्रशिक्षण लिएका कारण आँफु असुरक्षीत भएको अनुभुती हुने वित्तिकै त्यसको प्रतिवाद गर्न अर्थात आत्मरक्षा गर्न सक्ने कक्षा ८ मा अध्ययनरत छात्रा अस्मीता परीयारले बताईन् ।
मस्र्याङदी डोजो भोटेओडारका प्रमुख प्रशिक्षक प्रेम गुरुङ सँगै सहायक प्रशिक्षकहरु विकास गुरुङ,सरोज तामाङ,अन्जय गुरुङ,प्रदिप थापा,भुमिका गुरुङ र विकास गुरुङले कार्यक्रममा सहभागी छात्राहरुलाई प्रशिक्षण दिएका थिए । एक दिने कार्यक्रम निकै प्रभाबकारी भएको विद्यालयका प्रधानाध्यापक खिला शर्मा धितालले बताउनुभयो ।
मस्र्याङदी डोजोले यो भन्दा अगाडि सुन्दरबजार नगरपालिका वडा नं ८ भोटेओडारको अकला बँगैचा आधारभुत विद्यालयमा पनि आत्मरक्षा संवन्धि एक दिने प्रशिक्षण गराएको छ । आगामि दिनमा यस कार्यक्रमलाई निरन्तरता दिँदै जिल्लाका अन्य विद्यालयहरुमा पनि यो कार्यक्रम लैजाने लक्ष्य रहेको मस्र्याङदी डोजोका प्रम्ुख प्रशिक्षक प्रेम गुरुङले बताउनुभयो ।
जनविकास माध्यामिक विद्यालयमा आयोजना गरीएको कार्यक्रममा लमजुङ जेसिज बर्ष २०१८ का अध्यक्ष अनुज अधिकारी,महासचिब विकास श्रेष्ठ,मिस गुरुङ ईन्टरनेशनल २०१८ का बिजेता बबिता गुरुङको पनि उपस्थिति रहेको थियो । कार्यक्रम जनविकास माध्यामिक विद्यालयका पुर्व विद्यार्थी कुमार अर्याल,विद्यालय र मस्र्याङदी डोजोको समन्वयमा संचालन गरीएको हो ।

यसमा तपाइको मत