सकियो लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान महिलाहरु घर भित्रै सुरक्षित छैनन् :सांसद दवाडी


शान्ता कमली लमजुङ २४ मंसिर
लैङ्गिक हिंसा र दुव्र्यवहार छैन हामीलाई स्वीकार भन्ने राष्ट्रिय मूल नाराका साथ मंसिर ९ गते देखी सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ अभियान सोमबारबाट सम्पन्न भएको छ । महिलाहरुलाई आफ्नो अधिकारको बारेमा जानकारी गराउने र हिंसामा परेका महिलाहरुलाई कानुनी सेवा दिने उद्देश्यले १६ दिन सम्म सञ्चालन भएको अभियानमा जिल्लाका स्थानिय तहमा जनचेतनामुलक कार्यक्रम समेत सम्पन्न भएको छ ।


जिल्लामा रहेको सरकारी तथा गैर सरकारी संस्थाहरुले पनि अभियान अवधीभर विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । नोबेम्बर २५ देखी डिसेम्बर १० तारिख सम्म हरेक बर्ष बिभिन्न यो दिवस मनाउने गरिन्छ । अभियानको अन्तिम दिन सोमबार बेसीशहर नगरपालिकाको आयोजनामा लैङिगक हिंसा अन्त्यका लागी सरोकारवाला निकायको जिम्मेवारी र भुमिका विषयक अन्तरक्रिया कार्यक्रम बेसीशहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्यालको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सदस्य धनञ्जय दवाडी प्रमुख अतिथी रहेका थिए । प्रमुख अतिथी दवाडीले महिलाहरु घरभित्रबाटै असुरक्षित हुने बताए । सांसद दवाडीले हिंसाका घटना बाहीर आउन थालेको भन्दै नागरिकमा हिंसा सहन हुदैन भन्ने चेतनाको विकास भएको बताए । उनले भने पहिले पहिले महिलाहरु आफ्ना समस्या भन्न लाज मान्ने गर्दथे अहिले हिंसा सहनुहुदैन भन्ने ज्ञानको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको हो । घटनाक्रमले के पुष्टि गर्दै लगिरहेको छ भने महिलामाथिका हिंसामा कमी बढोत्तरी होइन, कम भइरहेको छ । विज्ञान र प्रविधिको विकाससँगै हिंसाका तरिकाहरु फेरिएका छन् तर बढेको भने छैन । पछिल्लो समय घरेलु हिंसाको घटना बढ्दै जानुमा वैदेशिक रोजगारी मुख्य समस्याको रुपमा देखा परेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल बताउँछन् । बैदेशिक रोजगारमा जाने पुरुष तथा महिलाको सङ्ख्या बढेसँगै घरेलु हिंसाको घटनापनि बढ्दै गएको उनको भनाई छ ।


जिल्ला प्रहरी कार्यालय लमजुङको महिला तथा बालबालिका सेवा केन्द्रमा हिसांका घटनाका उजुरीहरु बढ्न थालेका छन् । पहिला पहिला घरभित्रको कुरा बाहिर लैजानु हुँदैन भन्ने सामाजिक मानसिकले महिलाहरु हिंसालाई आफैभित्र दवाएर राख्ने गदेर्थे । जसले गर्दा घरेलु हिंसाका घटनाहरु बाहिर आउन सकेका थिएनन् । प्रहरी कार्यालयका महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख नन्दु अधिकारीले महिलाहरुमा चेतनाको विकास भएसँगै हिंसाका घटनाहरु बाहिर आउन थालेको बताइन् ।
उजुरीका दर्तालाई हेर्दा पहिले भन्दा अहिले हिंसाका घटनाहरु बढ्दै गएको देखिएको छ । तर त्यसो भन्दैमा पहिला घरेलु हिंसा हुदै नभएका र अहिले धेरै भएका भने होइनन्, अधिकारीले भनीन् पहिले झनै धेरै घटनाहरु ह्ुन्थे बाहिर आउन नसकेर मात्रै हो । अहिले यस्ता घटनाहरु ख्ुालेर आउँन थालेका छन् । महिला दिदी बहिनीहरुमा हिंसा लुकाएर बस्नुहुँदैन भन्ने चेतनाको विकास भएको छ । यसलाई हामीले सकरात्मक लिनुपर्छ ।
महिला तथा घरेलु हिंसाका घटना शिक्षित अशिक्षित दुवै परिवार हुने बेसीशहर नगरपालिकाकी महिला विकास अधिकृत मैया कुमाल बताउँछीन् । उनी भन्छीन् शिक्षित परिवार छ भन्दैमा हिंसाका घटना हुँदै नहुने र अशिक्षित परिवार भन्दै बढी हुने होइन । समाजमा हुने यस्ता खालका घटना न्युनिकरणका लागि सुरुवात आफैबाट हुनुपर्ने उनको भनाई छ ।
महिला तथा बालबालिका माथि हुने हिंसा न्युनकिरणका लागि चौतफी पहल भएपनि लमजुङमा हिंसामा परेर न्यायको माग गर्दै प्रहरी समक्ष पर्ने उजुरीको सङ्ख्या दिनानुदिन बढ्दै गईरहेको छ ।
आर्थिक बर्ष ०७५/७६ को मंसिर २० सम्म ३४ वटा हिंसाको उजुरी परेको छ । जसमध्ये घरेलु हिंसाको ४ र ठाडो उजुरी ३० वटा प्रहरी कार्यालयमा आइपुगेको छ । आ.व ०७४/७५ मा १ सय १७ वटा निवेदन परेकोमा घरेलु हिंसाको ७९ र ठाडो उजुरीको ३८ रहेको छ । आर्थिक बर्ष २०७३/०७४ मा १ सय ९ वटा हिंसाको उजुरी परेको छ । जसमध्ये घरेलु हिंसाको ८१ र ठाडो उजुरी २८ वटा प्रहरी कार्यालयमा आइपुगेको छ । आर्थिक बर्ष २०७२/७३ मा हिंसाका १ सय २६ उजुरी परेको थियो । जसमा ७७ वटा घरेलु हिंसा र ४९ वटा ठाडो उजुरी रहेको जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख अधिकारीले बताइन् । कार्यक्रमको सञ्चालन अन्तरपाटी महिला सञ्जाल लमजुङकी अध्यक्ष शोभा थापाले गरेकी थिइन् ।

यसमा तपाइको मत