अन्नपूर्ण साकोसको नवौ साधारणसभा, अध्यक्षमा पुन विजय घिमिरे

कृष्ण के.सी.लमजुङ मंसिर २३ गते ।
अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाको नबौं बार्षिक साधारणसभा शनिबार उदिपुरमा सम्पन्न भएको छ । सहकारीले आर्थिक बर्ष ०७४÷०७५ मा ३२ करोड ११ लाख ४ हजार ७ सय ५ रुपैया कारोवार गर्न सफल भएको छ ।
सहकारीको शेयर पुँजी ७२ लाख ४ हजार ३ सय, बचत संकलन २५ करोड २८ लाख ६८ हजार ६ सय ४४ रुपैया, ५ करोड ४९ लाख १० हजार ८ सय ऋण लगानी, ४१ लाख ५४ हजार १ सय ६६ आम्दानीगरी ३४ लाख ३० हजार ६ सय ५३ खर्चगरी ७ लाख २३ हजार ५ सय १८ रुपैया मूनाफा गर्न सफल भएको छ ।
साधारणसभाको बेसीशहर नगरपालिका प्रमुख गुमानसिहं अर्यालले नौ वटा मैनबत्ति बालेर उद्घाटन गर्दे सहकारीले छोटो समयमा गरेको प्रगतीको प्रशंसा गरेका थिए । प्रमुख अर्यालले इमन्दारी र विश्वासका साथ काम गरेर शेयर सदस्यको मन जित्न र सदस्यलाई सिप, ज्ञान र आय आर्जनमा जोड दिनु पर्ने निर्देशन दिनुभएको थियो ।
कार्यक्रममा बेसीशहर क्षेत्र सहकारी समन्वय समितिका कोषाध्यक्ष सरोज दनाईले लगानीमा बिशेष ध्यान दिन र सदस्यमैत्री रुपमा काम गर्न आग्रह गरे । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं बेसीशहर नगर पालिकाका सल्लाहकार कृष्ण के.सी.ले सहकारीका ७ शिदान्तका बारेमा जानकारी गराउँदै सहकारी नीति, विधि र प्रविधिका क्षेत्रमा अझै प्रगती गर्न सफल होस भन्न शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा सहकारीका अध्यक्ष विजय (गणेश) घिमिरेले प्रगती प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा विभिन्न चुनौती हुँदा हुँदै पनि सहकारीको मूल्य मान्यतालाई आत्मसाथगरी सम्पूर्ण सदस्यहरुलाई एकताबद्धगरी अघि बढ्न सफल भएको बताए ।
साधारणसभामा अध्यक्ष विजय घिमिरेले प्रगती प्रतिवेदन तथा भावि कार्यक्रम, कोषाध्यक्ष राजीव श्रेष्ठले आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक नामनिधि चिलुवालले लेखा समितिको प्रतिवेदन र उपाध्यक्ष राजकुमार अधिकारीले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन सचिव यज्ञराज सेढाईले गरेका थिए ।
साधारणसभामा उत्कृष्ट कारोवार गर्ने ध्रुर्व श्रेष्ठ, कपिलराज थापा, मिनसुब्बा गुरुङ, जेष्ठ सदस्य बुद्धसरी गुरुङ, एसइईमा उत्कृष्ट अंक प्राप्त गर्ने शेयर सदस्यका छोराछोरीबाट राजेन्द्र÷सावित्री दनाईका छोरा विक्रम दनाई (३.५५) सम्मान तथा पुरस्कृत गरिएको थियो ।
वि.स.२०६५ साल असार ४ गते दुग्ध उत्पादक सहकारीका रुपमा दर्ता भई २०७० सालबाट उदेश्य परिवर्तनगरी बचत तथा ऋण सहकारीका रुपमा स्वीकृत प्राप्त गरेको अन्नपूर्णले नयाँ व्यवस्थापन सहित अघि बढेपछि प्रत्येक बर्ष सफलता हासिल गर्दै आएको छ ।
अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाको नबौं बार्षिक साधारणसभा तथा अधिबेसनबाट अध्यक्षमा पुन विजय घिमिरे सर्वसम्वत चयन भएका छन् । संस्थाको उपाध्यक्षमा राजकुमार अधिकारी, सचिवमा यज्ञराज सेढाई, कोषाध्यक्षमा राजिब श्रेष्ठ, र सहसचिव ज्ञानेन्द्र बोहोरा चयन भएका हुन् । सदस्यमा सूर्य कुमार श्रेष्ठ, राजेन्द्र दनाई, गणेश कुमार श्रेष्ठ र ओममाया गुरुङ रहेका छन् । २ सदस्य पछि थप गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा नामनिधी चिलुवाल, सरोजकुमार दनाई र लक्ष्मण न्यौपाने सर्व सम्वत निर्वाचित भएका छन् । अन्य उपसमिति भने बैठकले चयन गर्ने नव निर्वाचित अध्यक्ष बिजय घिमिरेले बताए ।

यसमा तपाइको मत