ईजि लोक दोहोरी प्रतियोगीातामा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान लमजुङ दोस्रो

अनुज अधिकारी १३ मंसीर ।
तनहुँको दमौलीमा आयोजना गरीएको लोक दोहोरी प्रतियोगीतामा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान लमजुङ दोस्रो भएको छ । तेस्रो आदिबासी जनजाती तनहुँ साँस्कृतिक पर्यटन महोत्सव २०७५ को अबसरमा आयोजना गरीएको खुला लोकदोहोरी प्रतियोगीतामा लमजुङ दोस्रो हुन सफल भएको हो ।


प्रतिष्ठान तनहुँ र प्रतिष्ठान लमजस विच भएको फाइलन खेलमा शुन्य दशमलब ५ अंकको फरकले दोहोरी प्रतिष्ठान पहिलो भएको थियो । प्रतिष्ठान लमजुङको पुरुषको कुल अंक ८५५ महिला तर्फ ७८४.५ रहेको थियो भने प्रतिष्ठान तनहुँको पुरुषको कुल अंक ७८९ र मलिहा तर्फ ८५१ अंक प्राप्त गरेको प्रतिष्ठान तनहुँका अध्यक्ष अकल बिरही गुरुङले बताउनुभयो ।
बिभिन्न चरण पार गर्दै अन्य समुहलाई हराँउँदै प्रतिष्ठान लमजुङ र प्रतिष्ठान तनहुँ फाईलनमा प्रबेश गरेको थिए । फाइनलमा प्रतिष्ठान तनहुँको पुरुष र लमजुङको महिला विच भएको खेलमा आयोजकले बनपाले र गोठालेको बिषयबस्तु दिएको थियो । प्रतिष्ठान लमजुङको पुरुष र तनहुँको महिला विच भएको खेलमा बिहे गर्नुअघि केटाकेटीले कोठामा बसेर गफ गर्नुपर्ने बिषयबस्तु दिएको थियो ।
सोही प्रतियोगीतामा सेतीमादी दोहोरी साँझ दमौली तृतीय र याम्पा फाँट तनहुँको समुह सान्त्वना भए । प्रतियोगीातामा ८ समुह सहभागी भएका थिए । प्रथम हुनेलाई नगद रु २० हजार र प्रमाण पत्र,दित्तिय हुनेलाई नगद रु १० हजार र प्रमाण पत्र,तृतीय हुनेलाई नगद रु ५ हजार र प्रमाण पत्र प्रदान गरीएको थियो ।
तेस्रो आदिबासी जनजाती तनहुँ साँस्कृतिक पर्यटन महोत्सव २०७५ को अबसरमा आयोजना गरीएको खुला लोकदोहोरी प्रतियोगीता को प्रायोजनक ईजि तयारी चाउचाउले गरेको थियो । लोक दोहोरी प्रतियोगीताको समन्वय लोक दोहोरी प्रतिष्ठान तनहुँले गरेको थियो । प्रतीयोगीतामा लमजुङको तर्फबाट लोक दोहोरी प्रतिष्ठान लमजुङका कार्यबहाक सचिब अनुज अधिकारी,कार्यसमिति सदस्य टस बहादर गुरुङ र साधारण सदस्य शुसिलाा परीयार र रञ्जित गुरुङ सहभागी भएका थिए । महोत्सव कार्तिक ३० गतेबाट मंसीर ११ गते सम्म संचालन भएको थियो ।

यसमा तपाइको मत