बेसीशहर नगरपालिकाद्वारा घरदैलोमै पुगेर जेष्ठ नागरिकलाई परिचयपत्र

कृष्ण केसी,लमजुङ मंसिर १२ गते ।
बेसीशहर नगरपालिकाले जेष्ठ नागरिकको समस्यालाई ध्यानमा राखि घरदैलोमा पुगेर जेष्ठ नागरिक परिचय पत्र वितरण गरेको छ ।
बेसीशहर नगरपालिका महिला तथा बालवालिका शाखाले बेसीशहर नगरपालिकाको वडा नम्बर ११ को चितीमा ६० बर्ष पुगेका जेष्ठ नागरिकलाई परिचय पत्र वितरण गरेको हो ।
चितीको ३ स्थानमा २ दिनसम्म आयोजना गरिएको परिचय पत्र वितरण कार्यक्रममा ४ सय ६० जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण बेसीशहर नगरपालिका महिला तथा बालवालिका शाखाका प्रमुख मैया कुमालले बताइन् ।
जेष्ठ नागरिकको शारिरीक तथा आर्थिक अबस्थालाई समेत मध्ये नजरगरी नगरपालिकासम्म आएर परिचय पत्र बनाउन मुश्किल हुने भएकोले घरदैलोमा पुगेर परिचयपत्र वितरण गरिएको बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताउनु भयो ।
वडा नम्बर ११ स्थित तिलाहार, रामचोकबेसी र बुढीकुँवामा आयोजना गरिएको जेष्ठ नागरिक परिचयपत्र वितरणमा ४ सय ६० जनामा ३ सय ३३ पुरुष र १ सय २७ जना महिलालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको बेसीशहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले जानकारी दिनुभयो । यसअघि बेसीशहर नगरपालिकाबाट पुरुष र महिला १९÷१९ जनागरी ३८ जनाले जेष्ठ नागरिक परिचयपत्र लिएका थिए ।
जेष्ठ नागरिकले घरदैलोमा आएर जेष्ठ नागरिक परिचयपत्र पाउँदा धेरै खुसी भएका थिए । उनीहरुले नगरपालिकामा गएर परिचयपत्र बनाउँन आफूलाई सहयोगी लिएर जानुपर्ने भएकोले यातायात र खाजा खर्च करिब ५ सय रुपैया भन्दाबढी खर्च हुने बताए । परिचयपत्र वितरण कार्यक्रममा बेसीशहर नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष अच्युत वावु वगाले र नगरपालिककाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
बेसीशहर नगरपालिकाले शुरुवातमा दुर्गम क्षेत्रबाट परिचयपत्र वितरण गर्ने भएको छ । वडा नम्बर ११ चिती पछि वडा नम्बर ४ पुरानकोट र वडा नम्बर ५ को नाल्मामा जेष्ठ नागरिक परिचयपत्र वितरण गरिने प्रमुख प्रशासकिय अधिकृत भिमप्रसाद तिवारीले बताए ।

यसमा तपाइको मत