लैङ्गिक हिँसा बिरुद्धको १६ दिने अभियान सुरु

शान्ता कमली,लमजुङ १० गते ।
‘लैङिगक हिंसा दुव्र्यबहार छैन हामीलाई स्विकार भन्ने मूल नाराका साथ यो बर्षको लैंगिक हिंसा बिरुद्दको १६ दिने अभियान आइतबारदखि सुरु भएको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंङ्गिक हिंसा विरुद्धको दिवस मनाइने गरिन्छ । अन्तर्राष्ट्रियस्तरमै महिला हिंसा विरुद्धको दिवसलाई एक दिनमा मात्र सीमित नराखी १६ दिनसम्म मनाउने गरिएको छ । अभियानको पहिलो दिन आइतबार बेसीशहर नगरपालिकाको महिला शाखाले मनाङे चौतारबाट शेराचोक हुँदै जिल्ला समन्वय समितसम्म सचेतनामूलक ¥यालीको आयोजना गरेको थियो ।

र्यालीमा जिल्ला प्रहरी कार्यालय,संचारिका समुह लमजुङ नेपाल, रोट्याक्ट क्लव अफ लमजुङ र बेसीशहरभित्रका आमा समुहहरु समेत सचेतनामुलक नाराका साथ बजार परिक्रमा गरेका थिए । आइतबार नै रोट्याक्ट क्लब अफ लमजुङले मस्र्याङ्दी बहुमुखी क्याम्पसमा स्वयंम प्रतिरक्षा ‘सेल्फ डिसेन्स’ कार्यक्रम संचालन गरेको रोट्याक्ट क्लब अफ लमजुङका अध्यक्ष सुजन श्रेष्ठले बताए ।
कार्यक्रमलाई बेसीशहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्यालले उद्घाटन गरेका थिए । उनले कार्यक्रमलाई उद्घाटन गदै हिंसा विरुद्ध सचेतनामुलक कार्यक्रम सञ्चालन गरी हिंसा न्युनिकरण गरिने बताए । उनले बेसीशहर नगरपालिकाले लैङिक हिंसा न्युनिकरणका कार्यक्रम सञ्चालन गरिने समेत बताएका छन् । अर्यालले घरबाटै हिंसा सुरु हुने भएकाले परिवाट नै हिंसा गर्नुहुदैन भन्ने बानिको विकास हुनुपर्ने बताए । बेसीशहर नगरपालिकाकी उपप्रमुख लक्ष्मी अधिकारीले लैङिगक हिंसा विरुद्ध पाँचबर्ष अघि समुदायस्तरदेखि महिला हिंसा विरुद्ध आवाज उठाउन तथा महिला हिंसा विरुद्ध शून्य सहनशीलता कायम गर्न महिला मानवअधिकार रक्षकहरूको नेतृत्वमा महिला हिंसा विरुद्धको १०० दिने अभियान सञ्चालन गरिएको बताइन् । महिला हिंसा विरुद्ध विभिन्न समयमा गरिएका प्रतिबद्धताका बाबजुद पनि देशमा महिला हिंसा बढ्नु र पीडितले न्याय नपाउनु गम्भीर विषय भएको बताइन् । उनले पितृसत्तात्मक सोच, महिला र पुरुषबीच असमान शक्ति सम्बन्ध, महिला अधिकारका बारेमा न्यून चेतना तथा हिंसामा परेका महिलाहरुले प्राप्त गर्ने सीमित न्याय लगायतका कारण महिला हिंसा न्यूनीकरण हुन नसकेको बताइन् ।
अभियानको अन्तिम दिन मंसिर २४ गते जिल्ला समन्वय समितिको सभाहलमा जनप्रतिनिधि, कर्मचारी, लैगिंक हिसा न्यूनिकरणका क्षेत्रमा काम गर्ने संघसंस्था, आम समुह, अन्तरपार्टी मंहिला संजाल, नागरिक समाज, संचारकर्मी लगायतको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम संचालन हुने बेसीशहर नगरपालिका महिला विकास शाखाका महिला विकास अधिकृत मैयादेवी कुमाले जानकारी दिइन् ।


हरेक बर्ष नोभेम्बर २५ तारिख देखि डिसेम्बर १० तारिखसम्म लैंगिक हिसां विरुद्धको दिवस मनाउने गरिन्छ । सन् १९६० को नोभेम्बर २५ का दिन डोमिनिकन रिपब्लिकका तानाशाह राफेल लिओनिदास त्रुजिलो मोलिनाले आफू विरुद्ध आन्दोलन गरेको भन्दै मिराबल दिदी बहिनी प्याट्रिया मर्साडिस मारिया अजेन्टिना मिनेरभा र एन्टोनिया मारिया टेरेसा मिराबलको हत्या गरेका थिए ।
यिनै ३ दिदीबहिनीको हत्या भएको दिनलाई महिला हिंसा विरुद्धको दिनको स्मरण गर्दै अधिकारकर्मीहरुले विश्वव्यापी दिवस मनाएको र सन् १९९१ देखि संयुक्त राष्ट्र संघले पनि मान्यता दिएपछि यो अभियान अझ विश्वव्यापी बनेको हो । नेपालमा पनि हरेक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म महिला हिंसा विरुद्धकोे १६ दिने अभियान संचालन हुँदै आएको छ ।

यसमा तपाइको मत