निजी विद्यालयलाई राज्यले विभेद गरेको प्याबसनका महासचिव बानियाको गुनासो

शान्ता कमली,लमजुङ मंसिर ७ गते ।
निजी विद्यालयलाई राज्यले विभेदपुर्ण व्यवहार गरेको प्याबसनका केन्द्रीय महासचिव राजेन्द्र बानियाले गुनासो गरेका छन् । प्याबसन लमजुङले शुक्रबार बेसीशहरमा आयोजना गरेको निजी विद्यालयको बर्तामान अवस्था र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । राज्यले निजी विद्यालयमा पढ्ने विद्यार्थीलाई दोस्रो नागरिक ठानेको उनले आरोप लगाए । देशको शिक्षामा निजी विद्यालयको भूमिका पनि महत्वपूर्ण रहेको ठान्न राज्यलाई उनले आग्रह पनि गरे । राज्यले गरेको विभेद विरुद्ध आफुहरु आन्दोलमा उत्रीएको उनले बताए ।
अर्को प्रसङगमा महासचिव बानियाले देशको मेरुदण्ड शिक्षा भएकाले सबै बालबालिकालाई गुणस्तरिय शिक्षा दिन सके मात्र नयाँ नेपालले सार्थकता पाउने बताए । उनले भने देश संघियतामा गएसँगै नयाँ पाठ्यक्रम निर्माण हुने भन्दै अबको पाठ्यक्रममा खेलकुद, सस्कार सस्कृतिलाई अनिवार्य बनाउनुपर्नेमा जोड दिए । नयाँ नेपाल निर्माणका लागी संस्थागत विद्यालयको अहम् भुमिका रहने भन्दै उनले बालबालिकालाई सिपमुलक शिक्षा प्रदान गर्नुपर्ने बताए । उनले व्यक्तिगत लगानीमा संचालित संस्थागत विद्यालयहरुले आफुसँग भएको सिमीत स्रोत र साधनको प्रयोग गरेर राज्यलाई ठुलो शैक्षिक जनशक्ति उत्पादन गर्नु प्रशंसनिय कार्य भएको बताए ।
प्याबसन लमजुङका अध्यक्ष तारानाथ घिमिरे न्यून मात्राका निजी विद्यालयबाट शुरु भएको प्याब्सन देशभरकै सबैभन्दा ठुलो हुन पुगेको भन्दै खुसी व्यक्त गरे । उनले जिल्लामा सामुदायिक र संस्थागत विद्यालयबिच समन्वयको खाचो रहेको बताए । निजी विद्यालयहरुले विद्यार्थीलाई गुणस्तरिय शिक्षा दिई अभिभावकको मन जित्नुपर्नेमा जोड दिएका थिए ।

यसमा तपाइको मत