राजधानीमा पैसा छाप्ने कारखाना भेटियो, ३ लाख ७० हजार नक्कली नोट बरामद

काठमाडौंः 

प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ३ लाख ७० हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले दशैंको वेला नक्कली नोटको विगविगी भएको सूचना पाएपछि चलाएको अपरेशनका क्रममा नक्कली नोट बरामद गरेको जनाएको हो । प्रहरीले नक्कली नेपाली नोट सहित पाँच जनालाई पक्राउ गरि सार्वजनिक पनि गरेको छ ।

 

पक्राउ पर्नेमा पर्सा घर भएका मुख्य योजनाकार ईन्द्र बहादुर श्रेष्ठ , गोर्खा घर भएका नारायण श्रेष्ठ , मकवानपुर घर भएका साहिल थापा मगर , पर्सा घर भएका राज श्रेष्ठ र काठमाडौं कागेश्वरी मनहरा घर भएका बिकास दोचे रहेका छन् जसमध्ये मुख्य योजनाकार ईन्द्र बहादुर श्रेष्ठले यसअघि हातहतियार तथा खरखजाना मुद्धामा ११ महिना कैद सजाय भुक्तान गरिसकेका छन् ।

 

उनीहरुलाई प्रहरी परिसर काठमाडौंको टोलीले शनिवार राति मच्छेगाँउबाट पक्राउ गरेको हो । कोठा लिएर कारखाना नै खोली नक्कली नोट छाप्ने गरेको परिसरका प्रमुख एसएसपी वसन्त कुमार लामाले  जानकारी दिए ।

 

प्रहरीले उनीहरुको साथबाट नक्कली नोट छाप्ने मेसिन, नक्कली नोटको लागि आवश्यक कागज र नक्कली नोट बरामद गरेको छ । दशैंको समयमा प्रायः नयाँ नोट चलनमा हुने  भएकोले नक्कली नोटका कारोबारीहरु यही समयमा सक्रिय हुने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले बताए ।

 

उहाले केहि नोटहरु बजारमा गईसकेको हुनसक्ने भएकाले थप अनुसन्धान जारी रहेको जानकारी पनि दिए ।

पक्राउ गरेकाका साथबाट नक्कली पैसा बनाउन प्रयोग भएका सक्कली एक हजारका तीन थान , रु १०० सयको तीन थान तथा  गोर्खा फाईनान्सको ट्याग भएको पैसा बण्डल बनाउन प्रयोग कागज र  एनआईसी बैंकको नक्कली  चेक समेत बरामद गरिएको छ ।

 

 

नक्कली नोटको कारोबारमा खोटा चलनमा अदालतबाट म्याद थपेर प्रहरी अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

दशैंको वेला राजधानीमा नक्कली नोटको विगविगी भएको सूचना पाएपछि काठमाडौं प्रहरीले चलाएको अपरेशनका क्रममा नक्कली नोट बरामद भएको हो ।

यसमा तपाइको मत