भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. पौडेल नियुक्त

डिलकुमारि नेपाल, चितवन, 

प्रा. डा. कृष्ण प्रसाद पौडेल भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त भएका छन् ।

वरिष्ठ हाडजोर्नी तथा मेरुदण्ड रोग विशेषज्ञ प्रा डा पौडेल भरतपुर अस्पतालमा १०औँ तहमा कार्यरत थिए । उहाँ  यसअघि रत्ननगर अस्पतालको प्रमुखमा रहेरसमेत जिम्मेवारी सम्हालेका पौडेलले चितवनको रत्ननगर नगरपालिकास्थित टाँडीका स्थायी बासिन्दा पौडेल नेपाल चिकित्सक संघ चितवनका पूर्व अध्यक्ष समेत हुन् ।

डा .पौडेलले स्थानीय नेपाल माविबाट एसएलसी उतीर्ण गनुभएको थियो । काठमाडौंको त्रिचन्द्र कलेजबाट प्रविणता प्रमाणपत्र तहको अध्ययन गरेका पौडेलले धरानस्थित बिपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबिबिएस तहको पढाइ पुरा गरेका छन् ।

सामाजिक अभियन्ताका साथै डा. पौडेल कवि  साहित्यकार तथा लेखकसमेत हुनुहुन्छ । डाक्टरका लेखहरुमा खुसीहरुको वनवास’ कविता संग्रह प्रकाशित भएका छन् ।
भरतपुर अस्पतालमा यसअघि डा रविन खड्का मेडिकल सुपरिटेन्डेन्ट थिए । हाल पौडेलेले जिम्मेवारी वहनगर्नु भएको छ ।

 

उहाँ आफु जनताको डाक्टर भएको बताउदै जुनसुकै बेला भरतपुरको सरकारी अस्पतालमा दिनरात खटिने बताउदै बिरामीको सेवामा निरन्तर लाग्ने बताउनु भएको छ ।

यसमा तपाइको मत