टोखा नगरपालिकाका प्रमुख अधिकृत १ लाख घुससहित रंगेहात पक्राउ

२८ असोज, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सेवाग्राहीबाट  घुस लिदा लिदै रंगेहात पक्राउ गरेको छ ।

 

प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीलाई १ लाख रुपैयाँ घुस रकमसहित कार्यालयबाटै पक्राउ गरिएको हो ।

नगर पालिकाको वडा न. ६ अवस्थित नव सृजना टोल उपभोक्ता समितिले बाटो ढलानको जम्मा रु दश लाख सोह्र हजारको कामको योजनामा सुवेदीले घुष माग्दै आएका थिए ।
जम्मा रकमबाट भरपाई हुन बाँकी दुई लाख छयासी हजार पाच सयको चेक दिनु पर्ने धेरै दिन रोकेर उनले घुष मागेको सेवाग्राहीले बताएका छन् ।

सुवेदीले कार्यलयका अन्य कर्मचारीहरुको सहयोगमा विगत देखि नै घुष लिदै आएको सुचना भ्रष्टचार विरुद्ध रास्ट्रिय अभियान नेपालले थाहा पाएपछि,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहयोगमा  सुवेदीलाई घुष सहित पक्राउ गरिएको अख्तियार स्रोतले बताएको छ ।

प्रमुख कार्यकारी अधिकृत पक्राउ परेसँगै उनीसँग अन्य कर्मचारीको पनि मिलेमतो हुन सक्ने भन्दै थप अनुसन्धान गरिरहेको अख्तियारले बताएको छ ।

 

यसमा तपाइको मत