नेपाली कांग्रेसका नेता बास्तोलाको पार्थिव शरीर सानेपामा, आजै दाहसंस्कार

नेपाली कांग्रेसका नेता बास्तोलाको पार्थिव शरीर सानेपामा, आजै दाहसंस्कार

काठमाडौं–

नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको पार्थिव शरीर आज (आइतबार) अपराह्न पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ ।

 

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार, मध्याह्न १२ बजेदेखि २ बजेसम्म बास्तोलाको पार्थिव शरीर पार्टी कार्यालय सानेपामा राखिने छ । अपराह्न ४ बजे दाहसंसकारको लागि पशुपति आर्यघाट लगिनेछ ।

 

बास्तोलाका दुवै छोरीहरू (गरिमा र सुम्निमा) देश बाहिर छन् । उनीहरू आजै नेपाल आइपुग्ने बताइएको छ ।

 

लामो समयदेखि अस्वस्थ्य रहँदै आएका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको हिजो (शनिबार) ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा राति ९ः२० को समयमा निधन भएको हो । उनी २०६९ पुस १४ गतेदेखि मष्तिस्काघातबाट पीडित थिए ।

बास्तोलाको उपचारमा संलग्न न्युरो अस्पताल बाँसबारीका चिकित्सकहरूले शनिबार दिउँसै उनको ‘क्लिनिकल्ली डेथ’ भएको घोषणा गरेपछि परिवारले खुमलटारस्थित निवासमा लगेको थियो । उनलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला, सहमहामन्त्री डा प्रकाशशरण महतसहितका नेताहरू खुमलटार पुगेका थिए ।

भारतका लागि नेपाली राजदूतसमेत भएका बास्तोला परराष्ट्रमन्त्रीसम्म बनेका थिए । उनी ०४८ मा भारतका लागि राजदूत बने भने ०५२, ०५५, ०५६ र ०५७–५८ गरी चारपटक मन्त्री भएका थिए ।

यसमा तपाइको मत