रचनाबाचन प्रतियोगीतामा जनविकास मावि चण्डिडाँडाका विकास वि.क प्रथम

अनुज अधिकारी,बेसीशहर लमजुङ भदौ २४ गते
लमजुङ सदरमुकाम बेसीशहरमा आयोजना गरीएको साहित्यिक रचना बाचन कार्यक्रममा जनविकास मावि चण्डिडाँडाका विकास विक प्रथम भएका छन् । मोतीराम भट्टको १५३ औँ जन्मजयन्तिको अबसरमा लिस्नो सहित्यक मञ्च लमजुङले अन्तरमावि गजल,कविता वाचन प्रतीयोगीताको आयोजना गरेको थियो ।


सोही प्रतियोगीतामा बिद्या विकास बोर्डीङ स्कुल बेसीशहरका निशा अधिकारी दित्तिय,लमजुङ मावि गाउँशहरका सुस्मीता वि.क तृतीय,लमजुङ मावि कै लक्ष्मि मजाकोटी र लोकराज मावि चितिका बिबेक पन्त सान्त्वन भएका छन् ।
बेसीशरको बिद्या विकास बोर्डीङ स्कुलमा आयोजना गरीएको सोही प्रतियोगीतामा १६ जना छात्र÷छात्रा सहभागी भएका थिए । विजयी हुने छात्र÷छात्रा लाई कार्यक्रमका प्रमुख आतिथि बेसीशहर नगरपालीका वडा नं ७ का वडा अध्यक्ष गोबिन्द बस्नेत,लिस्नो साहित्यक मञ्चका अध्यक्ष बसन्त अधिकारीले पुरस्कार वितरण गर्नुभएको थियो ।
विजयी छात्र÷छात्रा लाई पुरस्कार स्वरुप स्टेशनरी सामाग्री प्रदान गरीएको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनार,साहित्यक स्रष्टा,अमृता असिम,तजनारायण अधिकारी,नोर्देन तामाङ,बालकृष्ण खनाल, लगायतले पनि आफ्नो साहित्यक रचना बाचन गर्नुभएको थियो ।
प्रपितयोगी बालबालीकाहरुले आफ्ना साहित्यक रचना मार्फत,कसैले मोतीराम भट्टको चर्चा गरेका थिए भने कसैले कुशे औँसी भएकाले आफ्नो वुवालाई संझिँदै रचना प्रस्तुत गरेका थिए । कसैले प्रेम रस मा त कसैले समसामयीक बिषयवस्तुलाई उठान गरेका थिए ।
“साहित्य र सिर्जनालाई प्रोत्साहन,नेपाली भाषा मौलिकता उत्थान”  भन्ने नाराका साथ कार्यक्रम आयोजना गरीएको लिस्नो साहित्यक मञ्चले जनाएको छ ।
मोतिराम भट्ट नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार, समलोचक तथा माध्यमिक कालका प्रवर्तक थिए । थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा मानिन्छन । १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यमा श्रृङ्गारिक धाराको सुरुवातकर्ता मोतिराम भट्ट थिए ।

यसमा तपाइको मत