सहमति भाद्र २५ गतेसम्म कार्यान्यन नभए पुन आन्दोलन चर्काउने चिकित्सहरुको चेतावनी

काठमाण्डौं ।

नेपाल चिकित्सक संघले सरकार र आफुहरुबिच भएको सहमति भाद्र २५ गतेसम्म कार्यान्यन नभए २६ गतेदेखि पुन आन्दोलन चर्काउने चेतावनी दिएको छ ।

 

मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे संघले सरकारसंग मुलुकी अपराध (संहिता) ऐन, २०७५ माथि संसोधन प्रस्ताव राख्ने सहमति भएको र सहमती कार्यान्वयन नभए पुन आन्दोलन चर्काउने चेतावनी दिएको हो ।

 

सरकार र नेपाल चिकित्सक संघबीचको वार्तामा मुलुकी अपराध ऐन ५ बुँदामा संशोधन गर्ने सहमति भएको थियो । मुलुकी अपराध ऐनका बुँदा संशोधनका विषयमा समान धारणा बनाएपछि संघले अस्पताल बन्दको भाद्र २५ गतेस्म्मका लागि सारेको जनाएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले समय तोकेरै चिकित्सकको लापरबाहीका कारण विरामीको ज्यान गए, नगएको पुष्टि गर्न अनुसन्धानको व्यवस्था पनि कानुनमा गर्न सरकारलाई दवाव दिनु परेको बताउनुभयो ।

संघले यसअघि मुलुकी अपराध (संहिता) ऐन, २०७५ का केहि बुदाप्रति आपत्ती जनाउदै आन्दोलनको घोषणा गरेको थियो । संघले आन्दोलन सुरु गरेपछि सरकारसंग भएको वार्तामा ५ बुदे सहमति भएको थियो ।

यसमा तपाइको मत