राजधानी नागढुगाबाट २ किलो नक्कली सुन सहित ६ जना पक्राउ

काठमाण्डौं ।

राजधानी नागढुगाबाट नक्कली २ केजी सुन सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोझा साझा मानिसहरुलाई सक्कली भनि झुक्याई बेच विखन गर्न लागेको सुराकी प्रहरीलाई प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरिएको एसपी राम दत्त जोसीले बताउनु भएको छ ।
पक्राउ पर्नेमा अभिषेक तामाङ, राम तामाङ, राज तामाङ, जितेन तामाङ, बिरेन्द्र तामाङ राजकुमार तामाङ रहेका छन् ।

त्यसै गरी राजधानीमा तिजको मौका छोपी सुनका गहना चोरी गर्ने एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

चोरी गरेका सामान सहित थानकोटबाट सुन्दर रोक्कालाई पक्राउ गरी आश्वयक कारवाही अघि बढाइएको प्रहरीले बताएको छ ।

त्यस्तै चितुवाको छाला सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । अबैध रुपमा चितुवाको छालाको कारोबार भएको सुचनाको आधारमा प्रहरीले खोजतलास गर्दा रोल्पाका अनमोल झाक्री पक्राउ परेको प्रहरीले बताएको छ ।

 

पक्राउ परेका झाक्रीलाई आश्वयक कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तिसार पठाइएको प्रहरी ले बताएको छ

यसमा तपाइको मत