गैर आवासीय नेपाली संघ न्युजिल्याण्ड को १४औ बार्षिक साधारण सभा सम्पन्न


गैर आवासीय नेपाली संघ न्युजिल्याण्ड को १४औ बार्षिक साधारण सभा २९ जुलाई २०१८ आइतबार का दिन हामिल्टन को सुन्दर नगरीमा भव्यताका साथ सम्पन्न भएको छ। बार्षिक साधारण सभामा भाग लिन क्राइष्टचर्च राजधानी वालिङ्गटन,अकल्याण्ड, माटामाटा , टि पुके , तौरन्गा ( बे अफ प्लेन्टी) लगाएत का शहर बाट उल्लेखनिय संख्या मा नेपालीहरु को सहभागिता थियो। गैरआवासीय नेपाली संघ न्युजिल्याण्ड का अध्यक्ष श्री कमल वाईबा को अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रमा मा, एन आर एन ओसेनियाका उप-संयोजक श्री लोकनाथ पौडेल र एन आर एन अन्तराष्ट्रिय समन्वय समितिका सदस्य श्री रेबत बस्नेत ले अधिबेशन को सफलताको कामना गर्नु भएको थियो। कार्यक्रम मा गैरआवासीय नेपाली संघ न्युजिल्याण्डका उपाध्यक्ष श्री तेज भट्टराईको स्वागत मन्तव्य रहेको थियो भने महासचिब राम राज ओली ले बार्षिक प्रतिबेदन र कोषाध्यक्ष दिपेन्द्र के सी ले आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो साथै कोषाध्यक्ष के सी ले सभाहल बाट उठेका प्रश्न को प्रतिउत्तर पनि दिनु भएको थियो र कार्यक्रम को पहिलो चरण समापन गरिएको थियो।
चिया पान पछि शुरु भएको कार्क्रम को दोस्रो चरण मा, वोमेन फोरम न्युजिल्याण्डका संयोजक श्रीमती डिलु रिमाल ले छोटो मन्तब्य राख्नु भएको थियो। तत् पश्चात, १४औ बार्षिक साधारण सभा को अति नै महत्वो पूर्ण मानिएको बिधान संसोधन ड्राफ्ट माथि छलफल भएको थियो। बिधान संसोधन ड्राफ्ट मा CAC को तर्फ बाट डा. निर्मल रिमाल र बिद्या बस्नेत तथा कार्यसमिति EC को तर्फ बाट MCHC का संयोजक श्री तेज भट्टराई ले बिधान को ड्राफ्ट मा संसोधन गर्नु पर्ने कारण सहित प्रस्तुत गर्नु भएको थियो I छलफल गर्नु पर्ने हरेक ड्राफ्ट को प्रतेक धारा मा सुरु देखि अन्त्य सम्म अति सौहार्ध र रमाइलो बाताबरण मा बृहत छलफल गरिएको थियो I बिधान संसोधन ड्राफ्ट मा सभाहल बाट उठेका प्रश्न को प्रतिउत्तर CAC को तर्फ बाट डा. निर्मल रिमाल र बिद्या बस्नेत तथा कार्यसमिति EC र MCHC तर्फ बाट तेज भट्टराई र बिष्णु रेग्मी ले दिनु भएको थियो। गैर आवासीय नेपाली संघ न्युजिल्याण्ड को इतिहास मा नै महत्वपूर्ण राखेको उक्त साधारण सभा ले गैर आवासीय नेपाली संघ न्युजिल्याण्ड को भविष्य कोर्ने सर्बोत्क्रिस्ट बिधान का केहि धारा हरु मा वर्तमान बिधान मा जे छ तेही ब्येबस्था गर्ने गरि सर्ब सम्मत ले तालि बजाएर पास गर्दै सम्पन्न गरेको छ।
कायक्रम को संचालन कार्य समिति का उपाध्यक्ष श्री घनश्याम सापकोटाले ले संचालित गर्नु भएको थियो र वहाँ ले सभाहल बाट उठेका केहि प्रश्न को प्रतिउत्तर पनि दिनु भएको थियो। कार्यक्रम को अन्त्यमा,अध्यक्ष श्री कमल वाईबा ले साधारण सभा मा सहभागी हुनुहुने गैर आवासीय नेपाली संघ न्युजिल्याण्ड का पूर्व पदाधिकारी हरु, वर्तमान कार्यसमिति का पदाधिकारी हरु, विभिन्न संघ सस्था को नेत्रीत्व गरि रहनु भएका माहनुभाव हरु, गैर आवासीय नेपाली संघ न्युजिल्याण्डका शुभ चिन्तक नेपाली दाजुभाई तथा दिदी बहिनीहरु, पत्रकार साथीहरु ,लगाएत सम्पूर्ण सदस्य माहनुभावहरु सबै लाई १४औ बार्षिक साधारण सभा मा उपस्थित भएर अमुल्य समय दिनु भएको मा धन्यवाद दिदै बार्षिक साधारण सभा को समापन गर्नु भएको थियो।सो अबसरमा आईसीसीका मानार्थ परिसद सदस्यहरु बाबू राजा महर्जन र दिनेश खड़का उपस्थिति हुनु हुन्थ्यो।

यसमा तपाइको मत