जागरुक युवा समाज नेपालको अध्यक्षमा चुवान निर्भिरोध

दोहा-

सन् २०१५ मा सामाजिक सेवाको भावनाले बैदेशिक रोजगारको शिलशिलामा कतारको कतार एयरवेज अन्र्तगत कार्यरत नेपालीहरुद्धारा स्थापना गरिएको जागरुक युवा समाज नेपालको तेस्रो साधारण सभा सम्पन्न भएको छ । कतारको दोहामा सम्पन्न साधारण सभाले राज कुमार चुवानको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको छ ।
संस्थाका संस्थापक अध्यक्ष एव संरक्षक विरेन्द्र प्रसाद पन्तको प्रमुख आतिथ्यमा गत बैशाख २१ गते (४ मे २०१८ ) सम्पन्न साधारण सभाबाट राजकुमार चुवान सर्व सम्मत अध्यक्षमा चयन भएका हुन् । साथै अन्य पधादिकारीहरुमा बरिष्ठ उपाध्यक्षमा बिनोद सुवेदी, प्रथम उपाध्यक्ष तेज बहादुर कोइराला, दित्तिय उपाध्यक्ष अमित कुमार बिश्वकर्मा, सचिब यादब प्रसाद चौलागाईं र सहसचीव हिरा बिश्वकर्मा, कोषाध्यक्षमा नवीन थापा मगर, सहकोषाध्यक्ष देब लाल श्रेष्ठ चयन भएका छन् ।
त्यसै गरी कार्यसमितिका अन्य सदस्यहरुमा मुक्ती खतिवडा, लोक गुरुङ्ग, इन्द्र बहादुर नेपाली र बरुण कुमार सिंह चयन भएका छन् ।
कार्यक्रममा संस्थाका दर्जनौ सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

संस्थाको विगत यस्तो छ 

स्थापनाको छोटो समयमा नै सामाजिक कार्य मार्फत लोकप्रिय बन्दै आएको जागरुक युवा समाजले विभिन्न सामाजिक कामहरु नेपालमा गदै आएको छ
संस्थाले स्थापनाको केही समयमा नै नेपालमा गएको विनाशकारी भुकम्पको समयमा प्रत्यक्ष रुपमा पिडितलाई लाभ हुने गरी करिब ८ लाख बराबरको राहत सामाग्री सिन्धुपाल्चोक, धादिगं र काठमाण्डौंमा वितरण गरेको थियो  । त्यसै गरी व्लड क्यान्सर पिडित, आगलागी पिडित, बाढीपिडित लगायत थुप्रै सामाजिक सेवाका लागि लाखौं रकम प्रत्यक्ष रुपमा सहयोग गर्दै आएको छ । त्यस्तै आफुसँग काम गर्ने सहकर्मीहरु विचमा कहिले काही आइ पर्ने समस्याको बेला पनि संस्थाले महत्वपूर्ण भूमिका खेल्ने गरेको संस्थाका संस्थापक अध्यक्ष विरेन्द्र प्रसाद पन्तले बताउनु भयोा ।
नेपाल सरकारले संस्थाले भुकम्पको समयमा गरेको योगदानको कदर र प्रशंसा गर्दै पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले कदरपत्र प्रदान गर्नु भएको थियो ।
कतारमा रहेका सयौं संघ संस्था भन्दा फरक ढंगले सामाजिक कार्य गर्दै आएको यो संस्था नेपालमा विधिवत रुपमा दर्ता भै सकेको छ । रोजगारीको सिलसिलमा विदेशिन बाध्य भएपनि देश विकास र सामाजिक कार्य मार्फत केही योगदान देशलाई गरौं भन्ने भावनाले आफुले आर्जन गरेको केही रकम छुटाएर सामाजिक कार्यमा लागेको संस्थाका एक पदाधिकारीले बताए । भोलिका दिनमा अझ सशक्त र प्रभावकारी ढंगले नेपालमा पनि संस्थाको कार्यसमिति बनाई संस्थाले आफ्नो कार्यसम्पादन गर्ने नव निर्वाचित अध्यक्ष राज कुमार चुवानले बताउनु भयो ।

यसमा तपाइको मत