सरकारले अब ६५ वर्षको उमेरभन्दा बढीलाई बृद्धभत्ता दिने

सरकारले गर्यो तीन महत्वपूर्ण निर्णय, यस्तो छ निर्णयहरु

काठमाडौं-सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई दिँदै आएको रकम बढाउने निर्णय गरेको छ  । बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।  बैठकले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदानस्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको  जनाइएको छ ।

बैठकले सामाजिक परिचालकहरुले तालिम गरेबापत पाउने भत्तालाई समेत बढाउने निर्णय गरेको छ । त्यसैगरि यसअघि ७० वर्षको उमेरमा मात्र पाइने बृद्धभत्ताको उमेर संख्यालाई सरकारले घटाएको छ । सरकारले अब ६५ वर्षको उमेरभन्दा बढीलाई बृद्धभत्ता दिने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिए ।

त्यसैगरि बैठकले ४ जना महासेनानीलाई बढुवा गर्ने समेत निर्णय गरेको छ ।

यसमा तपाइको मत