माघ २४ गते हुने राष्ट्रिय सभामा विवेकशील साझाले कांग्रेसलाई मत दिने

राष्ट्रिय सभामा विवेकशील साझाले कांग्रेसलाई मत दिने

काठमाडौं-विवेकशील साझा पार्टीले माघ २४ गते हुने राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेसलाई मत दिने भएको छ। प्रदेश नम्बर तीनमा तीन प्रदेश सभा सदस्य रहेको सो दलले कांग्रेसका उम्मेदवार राधेश्याम अधिकारीलाई मत दिने भएको हो।

‘अन्य दलले राष्ट्रिय सभाका लागि छानेका उम्मेदवार उदेक लाग्दा छन्, तीन नम्बरमा हाम्रो पनि भोट हुँदा कांग्रेसले १ सिट जित्ने देखिएपछि दुई पार्टीबीच छलफल भयो,’ विवेकशील साझाका एक नेताले भने, ‘हाम्रै प्रस्तावमा कांग्रेसले राधेश्याम अधिकारीलाई उम्मेदवार बनाएकाले कांग्रेसलाई भोट हाल्ने भएका हौं।’

यसबारे औपचारिक निर्णय गर्न सो दलको बैठक जारी छ।

स्थानीय निर्वाचनमा छुट्टाछुट्टै चुनाव लडेका विवेकशील र साझा पार्टी एक भएर प्रतिनिधि र प्रदेश सभा चुनाव लडेका थिए।

स्थानीय तहमा एक सिट पनि नजितेको विवेकशील साझाले तीन नम्बर प्रदेशमा तीन सिट जितेको छ।

यसमा तपाइको मत