अष्ट्रेलियाकै पहिलो नेपाली फेसन शो क्यानबेरामा हुने ।

बिनायक अधिकारी; क्यानबेरा :- संसारभरि नेपालीहरुको जाने आउने क्रम बढिरहेको छ । बिश्व बजार, फरक फरक मानिहरु र तिनका फरक फरक रुचिले गर्दा नेपालीहरुले पनि यस्तै फरक फरक प्रतिभाहरु देखाइरहेका छन् ।

यस्तै फरक रुचि भएर अष्ट्रेलियाको राजधानि क्यानबेरामा यूडि कलेक्सन मार्फत नेपाली पोशाकलाई यहांको बजारमा चिनाउने काम उषा आचार्यले गरेकी छिन ।
तिनै उषा आचार्यले संचालन गरिरहेको यूडि कलेक्सनले अष्ट्रेलियन फेसन वीक गर्ने भएको छ । नेपाली परम्परागत पोशाकलाई चिनाउने र यहांका मोडललाई नेपाली पोशाक लगाएर र्याम्पमा उतार्ने उद्देश्यले गरिन लागेको कार्यक्रममा आधा नेपाली र आधा अष्ट्रेलियाका मोडलहरुले भाग लिनेछन । यो कार्यक्रम अष्ट्रेलियाकै पहिलो हो र यसका लागी बिभिन्न तालिमहरु भईरहेका छन् । आफू पहिला पनि फेसन कायक्रममा भाग लिने गरेको र यहां आएर पनि त्यहि कार्यलाई निरन्तरता दिनलागेका कुरा एनजेड नेपाल संगको कुराकानिमा बताइन । कार्यक्रममा दर्शकहरुलाई कुनै पनि किसिमको रमाइलो पनमा कमि हुन नदिन र्याम्प सो, गायन र नृत्यहरु राखिने र कोरियोग्राफि पनि उषा आफैंले गर्ने कुरा बताइन । कार्यक्रम ब्युटि र फेसन सम्वन्धित रहेकाले उक्त कार्यक्रममा मोडलहरुलाइ श्रृंगार पटारको ज़िम्मेवारी सुमित्रा जोशी हेयर एण्ड मेक अपकी संचालिका सुमीत्रा जोशीले गर्नेछिन ।
सनिबार २७ जनवरि २०१८ का दिन Majura Community Hall, 2 Rosevear place, Dickson मा हुने कार्यक्रम बेलुका ६ बजेवाट हुने भएको छ ।

यसमा तपाइको मत