क्यानबेरामा नेपाल हेल्थ वाक् कार्यक्रम हुदै ।

बिनायक अधिकारी; क्यानबेरा :- ओभरसीज नेपाली फोरम नामक संस्थाले आइतवार ७ जनवरी २०१८ मा नेपाल हेल्थ वाक कार्यक्रम गर्ने भएको छ । बिहान ७ बजेवाट १० बजे सम्म हुने कार्यक्रम नेशनल अर्बोटरियम वाट सुरु हुने जानकारि संस्थाले जनाएको छ । नेपाली समुदायमा बारबिक्यू र अन्य मासुजन्य परिकार खानपानका कार्यक्रममा मात्रै बृद्धि भएकाले फरक कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक नबिन पौडेलले जानकारि दिए । यस कार्यक्रमलाइ कसरि सकिन्छ मासिक, पाक्षिक या कसरि निरन्तर गर्न सकिन्छ प्रयास गर्न लागेको जानकारि दिए । यो कार्यक्रम पूर्ण बिशुद्ध सामाजिक कार्य रहेकाले यसमा कुनै राजनिति नजोड्न पनि पौडेलले अनुरोध गरेका छन् ।

कार्यक्रममा अष्ट्रेलियाका लागी नेपाली राजदुत लक्की शेर्पा लगाएत क्यानबेरा र यसका बरिपरि क्षेत्रीका सबै नेपालीको उपस्थिति रहने जानकारि प्राप्त भएको छ ।

यसमा तपाइको मत