क्यानबेरामा लक्ष्मी जयन्ती भब्य रुपमा सम्पन्न ।

हिमायत अधिकारी; क्यानबेरा : अन्तराष्टिय नेपाली साहित्य समाज क्यानबेराको आयोजनामा मिति १४ अक्टुवर २०१७ का दिन क्यानबेराको बेष्टर्न पार्क यारालुम्लामा १०९ औं लक्ष्मी जयन्ती मनायो । समाजका उपाध्यक्ष श्री भेष देवकोटाले सम्पूर्ण अतिथी, बिभिन्न संघ संस्थाका पदाधिकारीहरु र उपस्थित महानुभावहरुलाई कार्यक्रममा स्वागत गर्दै लक्ष्मी प्रसाद देवकोटाको जीवनीका बारेमा प्रकाश पार्नु भएको थीयो र मीठो स्वरमा आफनो कविता प्रस्तुत गर्नु भएको थीयो । कार्यक्रमका महासचिब बिनायक अधिकारीले अनेसासको स्थापनाका बारेमा जानकारि दिदै आफनो कविता सुनाउनुभएको थीयो । एनआरएनए क्यानबेराका संयोजक राजन ढुंगेल, अनेसास क्यानबेराका अध्यक्ष डा. शकुन्तला देवकोटा र सचिव चन्द्र तिवारिले पनि कविता सुनाउनु भएको थीयो ।

प्रमुख अतिथि श्री यूवराज नयॉंघरेलाइ समाजका तर्फवाट मायाको चिनो प्रदान गरिएको थियो । लक्ष्मी प्रसाद देवकोटाको फोटामा फुल अबिरले माल्यार्पण  गरिएको थीयो । कार्यक्रममा अतिथीको रुपमा बोल्दै नेपाली राजदुताबास क्यानबेराका उपनियोग प्रमुख श्री राजेन्द्र पाण्डेले दिनप्रतिदिन नेपाली साहित्यलाई माया गर्नेहरुको संख्या बढेकोमा खुसी ब्यक्त गर्दै अनेसास क्यानबेरालाई जस्तो सुकै सहयोग आवस्यक परेमा आफु तयार रहेको कुरा बताउनुभयो । उहांले संस्थाको उज्जल भबिष्यको पनि कामना गर्नुभयो । प्रमुख अतिथीको रुपमा नेपाली साहित्यमा निवन्ध यात्रामा आफनो कलम चलाउनुभएका र २०६६ सालमा एक हातको ताली पुस्तक मार्फत मदन पुरस्कार प्राप्त गर्न सफल ब्यक्तित्व श्री यूवराज नयांघरे हुनुहन्थ्यो । उहांले आफू यसरि साहित्यीक कार्यक्रममा जोडीन पाएकोमा अत्यन्त खुसी ब्यक्त गर्दै संस्थालाई आफना रचनात्मक कार्य गरिरहन सल्लाह र सुझाब ब्यक्त गर्दै आफनो तर्फबाट जे जस्तो सहयोग गर्न पनि तयार रहेको कुरा जानकारि दिनुभयो ।

कार्यक्रमको बिट मार्दै समापति डा शकुन्तला देवकोटाले या समाजको पहिलो कार्यक्रम रहेको र निरन्तर रुपमा नेपाली साहित्यमा लागीरहने र समाजले दिएको जिम्मेवारि पुरा गर्ने जानकारि दिदै कार्यक्रममा आर्थीक रुपमा सहयोग गर्ने क्याफे दि अन्नपूर्ण, एसबिए मोर्गेज तथा सोलुसन, एस एण्ड एस बिजनेस एण्ड एकाउटिगं र गौलि इभेन्ट म्यानेजमेन्टलाई धन्यवाद दिनुभएको थीयो । उहांले कार्यक्रममा सहयोग गर्दे सबैलाई धन्यवाद दिदै भोलिका दिनमा पनि सहयोग गरिरहन आग्रह गर्नुभएको थीयो । कार्यक्रम समाजकी कोषाध्यक्ष शान्ति पौडेलले गर्नुभएको थीयो । लक्ष्मी जयन्ती मनाउन एनआएनएका पूर्व अध्यक्ष डा सीताराम घिमिरे, सिएनएफसीका अध्यक्ष चुडामणी सापकोटा, एएनएफएसका पूर्व अध्यक्ष बिनोद नेपाल लगाएत नरेश थापा, अशोक सुवेदी सहित समाजका बिभिन्न संघ संस्था र सामाजिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थीयो । कविता कार्यक्रम पछि बारबिक्यू कार्यक्रम गरिएको थीयो । बारबिक्यूमा समाजका सदस्यहरु प्रकाश श्रेष्ठ र ध्रुब आचार्य सहित अन्य साथीहरुले सहयोग गर्नु भएको थीयो ।

यसमा तपाइको मत