भोटेवडार सेवा समाजको शुभकामना कार्यक्रम सम्पन्न ।

काठमाण्डौ, कास, आज मिति २०७४ साल अश्विन ३ गते संविधान दिवसका अवसरमा भोटेवडार सेवा समाजले काठमाण्डौ स्कूल अफ ईन्जिनियरिंग एन्ड टेक्नोलोजी, बालाजुमा आयोजना गरेको विजया दशमी, शुभ दिपावली, नेपाल संम्वत ११३८ तथा छठ पर्वको शुभ कामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । भोटेओडारवाट काठमाडौ आइ विभिन्न पेशामा संलग्न रहनुभएका भोटेवडारवासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । उक्त कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष श्री श्रीकान्त सापकोटाले गर्नुभएको थियो भने विशेष अतिथिको रुपमा स्कूल अफ ईन्जिनियरिंग एन्ड टेक्नोलोजी, बालाजुका प्रिन्सिपल तथा दुराडाँडा सेवा समाजका अध्यक्ष श्री निर्मल प्रसाद न्यौपानेले तथा अतिथिमा यस समाजका निवर्तमान अध्यक्ष एवं समाजका प्रमुख संरक्षक श्री शेषकान्त खनाल तथा दुराडाँडा सेवा समाजका अपाध्यक्ष तथा सुन्दरवजार न.पा. वडा नं ३ का वडा सदस्य श्री कृष्ण अधिकारीले गर्नु भएको थियो र कार्यक्रमके संचालन समाजकी सचिव श्री विष्णु खनालले गर्नु भएको थियो ।


शुरूमा केहिदिन अघी दिवंगत हुनुभएका ठाडोभाका शिरोमणी भेडिखर्के साँइला दिर्घराज अधिकारीप्रती श्रध्दासुमन अर्पण गरेर १ मिनेट मौन धारण गरिएको थियो । उक्त अवसरमा भोटेओडार सेवा समाजका संस्थापक सल्लाहकारहरू श्री हरिकान्त खनाल, श्री चन्द्रकान्त खनाल, सीता अधिकारी, श्री कृष्णकान्त खनाल, सुनपा वडा नं ३ का निर्वाचित सदस्य श्री कृष्णकान्त अधिकारी, श्री निल प्रसाद रेग्मी, श्री प्रेमकान्त अधिकारी, श्री सनत कुमार श्रेष्ठ, श्री सुरज खनाल, श्री अनिल खनाल, कृषि मन्त्रालयकी सहसचिव एवं समाजकी सल्लाहकार श्री शान्ता कार्की, दुग्ध विकास संस्थान आधिकारिक ट्रेड युनियनका अध्यक्ष श्री तेजनाथ ढकाल, आधिकारिक ट्रेड युनियन राष्ट्रिय योजना आयोगको सचिवालयका सचिव श्री ध्रुव खनाल लगायत सवैले भोटेओडारको बिकासको बारेमा चर्चा गरेर शुभकामना दिनु भएको थियो । उक्त अवसरमा साहित्यिक माहोल जमेको थियो साथै सर्जकहरूले भोटेओडारलाइ समेटेर गीत र कविता मार्फत् शुभकामना दिनु भएको थियो । सरस्बती सापकोटा, खुसीराम डौलीया, हरिस्चन्द्र सापकोटा, अन्जना पौडेल, बिष्णु खनाल, सीता अधिकारी आदिका सिर्जनाले सबैलाइ भोटेओडार पुगेर शुभकामना दिए झैं, भोटेओडारमै टेकेर मर्स्ङ्दीको सिरसिर हावामा पानीसंगै सुसाउँदै लमजुङ हिमाल आँखामा झल्किरहेको आभाष भएको थियो ।

यसमा तपाइको मत