दरवार मार्गका व्यापारीले लुट्न सम्प लुट्दा रहेछन, २ हजारको जुतालाई २० हजार भन्दा महँगो । लौ हेर्नु होस

१९ भदौ, काठमाडौं । दरवारमार्गमा संचालित ४ ब्राण्डेड पसलहरुले ग्राहकहरुलाई लुट्न सम्प लुट्ने गरेको फेला परेको छ । उनीहरुले २६ सयको जुता २६ हजार सम्ममा विक्री गर्ने गरेको पाइएको छ । सरकार गरेको अनुगमनबाट व्यापारीको यो लुट धन्दा फेला परेको हो । सरकारी अनुगमन टोलीले उत्त पसलहरुमा सिलबन्दी गरेको छ । नाइक, बेन्टले, स्टोर वान, पुमा, पसलमा सिलबन्दी गरिएको हो ।

photo by onlinekhabar

आपूर्ति मन्त्रालय र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त बजार अनुगमन गरेका थिए । अनुगमनको सिलसिलामा ९ सयदेखि २३ सय प्रतिशतसम्म नाफा खाएर ग्राहकलाई ठगेको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताए । यसरी ग्राहकलाई ठग्ने व्यापरीहरुलाई कडा कारवारी गरिने मन्त्री मण्डलले बताएका छन् ।

 

यसमा तपाइको मत